धनकुटा । धनकुटा नगरपालिका वडा नं.८ मा नेपाली कांग्रेसको वडा पार्टी कार्यालय उद्घाटन गरिएको छ । मंगलबार एक कार्यक्रमकाबीच कांग्रेसका आमन्त्रित केन्द्रिय सदस्य तथा संविधान सभा सदस्य मनोहर नारायण श्रेष्ठले पार्टी कार्यालय उद्घाटन गरेका हुन् ।
कार्यालय उद्घाटन गर्दै नेता श्रेष्ठले कांग्रेसकै नेतृत्वमा विकास र समृद्धीको अभियान पुरा हुने दावी गरे । कार्यक्रममा कांग्रेस जिल्ला सभापती अग्नी प्रसाद पौडेल, उपसभापती नविन किशोर शाक्य, सचिव विजय सन्तोषी राई, सह–सचिव सिता श्रेष्ठ, कोषाध्यक्ष दिनेश राई लगायत नेताहरुले मन्तब्य राखेका थिए ।