ज्यो.प.तुलसी भारद्वाज निरौला

मेष– राम्रै आम्दानी हुने रोजगारीको अवसर मिल्न सक्छ। बेसुरमा अरूलाई दिएको वचनले अप्ठ्यारोमा पार्न सक्छ ।

वृष– बोलीकै भरमा काम सम्पादन गर्ने समय छ।प्रेम र मित्रताको गाँठो कसिन सक्छ।

Advertisement

मिथुन– काम सामान्य भए पनि राम्रो आम्दानी हुनेछ। दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्न सक्छ।

कर्कट– हिम्मतले काम लिने समय छ। पुरुषार्थ देखाएर नाम, दाम र इनाम हात पार्न सकिनेछ।

सिंह– श्रमको उचित मूल्यांकन हुनेछ। खर्च लागे पनि लामो यात्रा गर्ने अवसर जुट्न सक्छ।

कन्या– अरूको भावनालाई बेवास्ता गर्दा समस्या देखापर्नेछ। कमजोरी ढाकछोप गर्दा दुःख पाइनेछ ।

तुला– पठनपाठनमा प्रगति हुनेछ। प्रतिभा प्रदर्शन गरेर धेरैलाई अचम्मित तल्याउन सकिनेछ। तपाईंको विचारलाई धेरैले मन पराउनेछन्।

वृश्चिक– स्वास्थ्यमा कमजोरी देखिए  अध्ययनमा ध्यान केन्द्रित हुनेछ। प्रयत्न गर्दा विदेशयात्राको अवसर जुट्न सक्छ।

धनु– बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ। शक्तिशाली व्यक्तिहरू प्रतिस्पर्धामा उत्रने सम्भावना छ गोपनीयतामा ध्यान दिनुहोला।

मकर– खर्च बढ्ने देखिएकाले रकम जोगाउने चेष्टा गर्नुहोला । बलजफ्तीले काम बिग्रन सक्छ।

कुम्भ– आतिथ्यपूर्ण सम्मान  पाइनेछ। मेहनतले नाम, दाम र इनाम हातपार्न सकिनेछ।

मीन– अप्ठ्यारो परिस्थितिमा गरिएको पुरुषार्थले प्रतिष्ठा दिलाउनेछ। दिगो आम्दानी हुने काम सुरु गर्ने मौका छ।

ज्यो.प.तुलसी भारद्वाज निरौला

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!