सोल। गत मे महिनामा दक्षिण कोरियाको ख्यङपुक गुन्वीस्थित बंगुरफर्मबाट निष्किएको ग्याँसको असरका कारण त्यहाँ कार्यरत २३ बर्षिय नेपाली युवक छबिलाल चौधरीको मृत्यु भएको दुई महिना नपुग्दै फेरी अर्का नेपाली युवाको ज्यान गएको छ ।

धादिङका २५ बर्षीय माङ तामाङको उपचारको क्रममा छनानको एक अस्पतालमा मृत्यु भएको केरियाबाट रातोपाटी सम्वाददाताले जनाएका छन् ।

Advertisement

तामाङ १५ महिना अघि रोजगार प्रक्रिया प्रणाली मार्फत कोरिया छिरेका थिए । उनी छुङनामको ख्याङछन क्षेत्रमा अवस्थित एक बंगुरफर्ममा कार्यरत थिए ।

केहिदिन देखि अत्यधिक ज्वरो आउने, वाकवाकी लाग्ने र पखाला लाग्नेजस्ता समस्या देखिएपछि उनी अस्पताल भर्ना भएका थिए । गत बिहिबारदेखि नै उनी अचेत थिए ।

उनलाई कुनै खतरनाक किटाणुयुक्त जिवले टोकेको उपचारमा संलग्न चिकित्सकले बताए ।समयमै उपचार नभएकोले उनको मृत्यु भएको डाक्टरले बताए ।

यस बिषयमा कोरियास्थित नेपाली दुतावासका उपनियोग प्रमुख किरण शाक्यले अस्पतालबाट र तामाङ कार्यरत कम्पनी मालिकबाट मृत्युको जानकारी आएको बताए ।

तर प्रहरी प्रतिवेदन नआईसकेका कारण यस बिषयमा अहिले नै सबै कुरा भन्न नसकिने र नेपालमा रहेका परिवारलाई कुटनीतिक रुपबाट छिट्टै जानकारी गराईने जानकारी दिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!