विराटनगर । नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले संविधान निर्माण हुनु ऐतिहासिक उपलब्धि रहेको र अब यसलाई पूर्णता दिनका लागि सबैलाई एकजुट हुनुपर्ने बताए ।

नेपाल प्रेस युनियनद्वारा आज विराटनगरमा आयोजित पत्रकार भेटघाटमा उहाँले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्नका लागि स्थानीय तहको निर्वाचनलाई प्रारम्भका रुपमा लिनुपर्ने धारणा राखे।

असन्तुष्टिलाई सम्बोधन गर्ने कार्यमा काँग्रेस लागेको प्रसंग उल्लेख गर्दै उहाँले पहाडलाई पन्छाएर मधेश र मधेशलाई पन्छाएर पहाड होइन कि सबैको धर्म, संस्कृति र अधिकारलाई सम्मान गरी अगाडि बढ्नुपर्ने सुझाव दिए ।

डा गोविन्द केसीको मागको सन्दर्भमा उहाँले राज्यले व्यक्तिसँग जे जस्तो सम्झौता गरेपनि त्यस सम्झौतालाई पूरा नगर्नु दुर्भाग्यपूर्ण भएको धारणा प्रकट गर्नुभयो । उहाँले आपूm गुट उपगुटको विरोधी रहेको र पार्टीभित्र शुद्धीकरणको आवश्यकता रहेको औँल्याए । रासस

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!