Rabin Katel

काठमाडौं । नेपालीहरुको महान चाड दसैं नजिकिएसँगै नगदरहित कारोबारलाई प्रोत्साहन तथा प्रवर्धन गर्न कुमारी बैंक लिमिटेडले दराज अनलाइनसँग छुट सम्बन्धि सम्झौता गरेको छ । बैंकले आफ्ना डेबिट र क्रेडिट कार्डवाहकहरुलाई विशेष छुट दिने उद्देश्यले दराजसँग छुट सम्बन्धि सम्झौता गरेको जनाएको छ ।

Advertisement

कुमारी बैंकका ग्राहकहरुले डेबिट र क्रेडिट कार्डबाट दराज अनलाइनमा असोज १० गतेदेखि १८ गतेसम्म सामान खरिद गर्दा अग्रिम छुट प्राप्त पाउँनेछन् । सम्झौता अनुसार डेबिट कार्डको प्रयोग गरी सामान खरिद गर्दा २० प्रतिशत अथवा दुई हजार रुपैयाँसम्मको छुट र क्रेडिट कार्ड प्रयोग गरी सामान खरिद गर्दा २० प्रतिशत वा दुई हजार पाँच सय रुपैयाँसम्मको छुट पाउँनेछन् । बैंकले आफ्ना ग्राहकहरुलाई सरसामान खरिद लगायत अन्य गतिविधिहरुका लागि डिजिटल बैंकिङ प्रणालीको सकभर प्रयोग गर्न उत्प्रेरित गरिरहेको जनाएको छ ।

कुमारी बैंकले आफ्ना देशव्यापी १९६ शाखा, १७३ एटिएम, ३२ शाखारहित बैंकिङ्ग ईकाई तथा १३ एक्सटेनसन काउन्टरबाट बैंकिङ्ग सुविधाहरु दिँदै आएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement