Avatar photoRabin Katel

काठमाडौं । राजा हटेपछि नारायणहिटी दरबार संग्रहालयमा अवलोकनका लागि राखिएको राजाले लगाउँने गरेको श्रीपेच चोर्ने प्रयास भएको छ । शुक्रबार श्रीपेच चोर्ने प्रयास गरेको भन्दै प्रहरीले एक युवकलाई नियन्त्रणमा लिएको छ ।

Advertisement

संग्रहालय अवलोकनका लागि भन्दै पसेका रुकुम मुसिकोट नगरपालिका–११ घर भई काठमाडौंको म्हेपीमा बस्दै आएका २५ वर्षीय खिमबहादुर घर्तीले सोकेस फुटाएर श्रीपेच निकाल्न खोजेका थिए ।

उनले संग्रहालयमै रहेको खुकुरीले सोकेसको सिसा फुटाएर श्रीपेच झिक्ने प्रयास गरेका हुन् । सोही क्रममा नेपाली सेनाका सुरक्षा गार्डले उनलाई नियन्त्रणमा लिएर दरबारमार्गस्थित प्रहरी बृत्तमा बुझाएका छन् ।

सो कक्षमा खुकुरी र अन्य सामग्रीसहित पूर्वराजाहरूले लगाएको श्रीपेच राखिएको थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement