सरिता भट्टराई नेपाल
सरिता भट्टराई नेपाल, बिराटनगर-४

तिमी त ! बाल विधुवा रे हैन त ! दिदी ?
तिमीले त रातो रंग छुनै हुन्न रे हैन त ! दिदी ?
तिम्रो नशा–नशाको रातो रगतले त तिमीलाई हर स्वासमा
स्पर्श गरिरहेकै छ त दिदी !
यसपालिको तीजमा रातो सारी किनिदिन्छु, ईन्कार नगर है दिदी ।।

रातै चुरा तिम्रा डोला हातमा छमछम बजाउ है दिदी,
रातै फुर्के धागो लगाइ चुल्ठो कसन है दिदी ।
कोष निकालेर नयन भरी परेली छपक्क पारेर,
रातै लाली लगाइ, टलक्क टिकी, शिरै उच्च बनाउ है दिदी ।
यसपालिको तीजमा रातै सारी किनिदिन्छु, ईन्कार नगर है दिदी ।।

दर खाउ मीठो मानी–मानी आमाले पकाएको तसलामा ढकनी,
आलु कवाफ धेरै थरि–थरिका मिष्टान्न राम्रो भोजनी
मोतीका दानाझै तिम्रा दाँतका लहर खोलेर हाँसिदेउन है दिदी
यसपालीको तजिमा रातै सारी किनिदिन्छु, ईन्कार नगर है दिदी ।।

फक्रदो कोपिला हौ तिमी ,ढकमक्क फूली बगैंचा सजाउनु पर्छ, है दिदी
देउराली भञ्ज्याङ्की मैना चरी झैँ, नाची देउन है छमछमी, ए मेरी दिदी
रङ्गीन बनाई हरा भरा बनाईदेउ, तीजमा माईती घर, ए मेरी दिदी
यसपालीको तीजमा रातै सारी किनिदिन्छु, ईन्कार नगर है दिदी ।।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!