धनकुटा । नेकपा एमालेले धनकुटाका ६ हजारभन्दा बढी नेता, कार्यकर्तालाई प्रशिक्षण दिएको छ । समसामयि राजनीतिक घटनाक्रम, पार्टीको कार्ययोजना लगायतका विषयमा ६० वटै वडामा शनिबार प्रशिक्षण कार्यक्रम गरिएको एमालेले जनाएको छ ।
एमाले जिल्ला कमिटिको समन्वयमा जिल्लाका ६० वटै वडा कमिटिले प्रशिक्षण कार्यक्रम आयोजना गरेका हुन् । हरेक वडामा करिव एक सय जना नेता, कार्यकर्ताका हिसावले जिल्लामा ६ हजार नेता, कार्यकर्तालाई प्रशिक्षण दिइएको एमाले धनकुटाका प्रचार विभाग प्रमुख भेषराज कटेलले जानकारी दिए ।
उनका अनुसार एमाले नेताहरु राजेन्द्र राई, टिकाराम चेम्जोङ्ग, इन्द्रमणी पराजुली, शकुन्तला बस्नेत, चन्द्र बस्नेत, निरन राई लगायत नेताहरुले वडा–वडामा पुगेर प्रशिक्षण दिएका हुन् । जिल्ला सचिवालय सदस्यहरु, विभागिय प्रमुखहरु, नगर/गाउँ पालिकाका प्रमुख तथा उप–प्रमुखहरु लगायत पार्टीका अगुवा नेताहरुले कार्यकर्ताहरुलाई प्रशिक्षण दिएका छन् ।