सन्तोष रुचाल

धनकुटा, १२ साउन । धनकुटाको खाल्सा छिन्ताङ शहिदभूमी गाउँपालिका–२ छिन्ताङबाट प्रहरीले ४५ किलो गाँजा सहित एक महिलालाई पक्राउ गरेको छ ।

खाल्सा छिन्ताङ शहिदभूमि गाउँपालिका–२ का २९ वर्षीय झलकमान राईले स्थानीय एक बृद्धालाई बलात्कार गरेको आरोपमा उनलाई पक्राउ गर्न गएको प्रहरी टोलीले झलकमानलाई खोजतलास गर्ने क्रममा उनको गोठमा लुकाई राखेको अवस्थामा ४५ किलो गाँजा बरामद गरेको हो ।

Advertisement

गाँजासहित झलकमानकी श्रीमति कुसुम राईलाई नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी प्रवक्ता प्रविणलाल श्रेष्ठले बताए ।

पक्राउ परेकी कुसुमलाई बिहिबार जिल्ला अदालत धनकुटामा लागु औषध अन्तरगतको मुद्दा दायर गरी अनुसन्धानको लागि एकहप्ताको म्याद थप गरिएको प्रहरी नायव निरीक्षक दिनेश अधिकारीले जानकारी दिए ।

झलकमानले साउन २ गते स्थानीय ६६ वर्षीया बृद्धालाई बलात्कार गरेको आरोप छ । घटनापछि फरार रहेका उनको खोजी भईरहेको प्रहरीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!