सन्तोष सुवेदी/संगालोखबर

धनकुटा । धनकुटाको पाख्रीबास नगरपालिकामा व्यवसायीक कफी विकास कार्यक्रम सुरु भएको छ । पाख्रीवास नगरपालिकाले एक कार्यक्रमकाबीच व्यावसायीक खेती उद्घाटन गरेको हो ।

Advertisement

संघीय सांसद राजेन्द्र राईले कफीको बिरुवामा पानी हालेर कार्यक्रम उद्घाटन गरेका हुन् । कार्यक्रममा सांसद राईले व्यावसायीक रुपमा कफी खेती सुरु भएपछि पाख्रीवास नगरबासीहरुको आयस्रोत बढेर समृद्धिको दिसामा अघि बढ्ने विश्वास व्यक्त गरे ।

जिल्ला समन्वय समितिका प्रमुख टंक चुवान, महालक्ष्मी नगरपालिकाका प्रमुख पर्शुराम नेपाल, पाख्रीवास नगरपालिकाकी उपप्रमुख देवकला पौडेल तिम्सिना, पाख्रीवास नगरका प्रमुख प्रशासकीय अधिकृत डिकबहादुर राई, एमाले पाख्रीवास नगर कमिटी अध्यक्ष शान्तिराम गौतम, पत्रकार महासंघ धनकुटाका अध्यक्ष नगेन्द्र राई, पाख्रीवास ८ का वडाध्यक्ष सिताराम राई, कृषि अभियान्ता जीवन प्रसाद राई लगायतले पाख्रीवासमा कफी खेतिको राम्रो संभावना रहेकोमा जोड दिए ।

कफी खेतीका लागि पाख्रीवास नगरपालिकाले पाँच लाख बिरुवा उत्पादन गरिसकेको छ । सबै वडाहरुमा सम्भाव्यता अध्ययन गरेर कफी खेती बिस्तार गर्न प्रोत्साहन गर्दै आएको नगर आफैंले पनि ५० रोपनीमा नमुना कफी खेतीको सुरु गरेको छ ।

पाख्रीवास नगरमा कुल खेतीयोग्य जमिन ६३८७.४० हेक्टर छ । जसमध्ये ४८ सय हेक्टर क्षेत्र कफी खेतीका लागि उपयुक्त रहेको बताइएको छ । ८४ लाख विरुवा रोपेर आगामी ५ वर्षमा २ करोड ४० लाख किलो कफी उत्पादन गर्ने लक्ष्य राखिएको नगरपालिकाले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!