संगालोखबर सम्वाददाता
सांकेतिक तस्वीर

बैतडी । बैतडीमा बँदेल मार्न थापेको पासोबाट करेन्ट लाग्दा दाजुभाईको मृत्यु भएको छ । मकैबारीमा आउँने जंगली बँदेल मार्न छोडिएको तारबाट करेन्ट लाग्दा सुर्नया गाउँपालिका–५ स्वालीका २१ वर्षीय सन्तोष चन्द र १८ वर्षीय अमृत चन्दको मृत्यु भएको हो ।

उनीहरु सहोदर दाजुभाई हुन् । प्रहरीका अनुसार घर नजिक मकैबारीमा जंगली बँदेललाई पासो थाप्न तार छोडिएको थियो । सोही तारबाट बुधबार राती करिब ९ बजे उनीहरुलाई करेन्ट लागेको प्रहरीले जनाएको छ ।

Advertisement

घटनाको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय पाटनबाट प्रहरी टोली गएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!