दाङ । प्रहरीले दाङबाट पाँच थान भरुवा बन्दुक बरामद गरेको छ ।

प्रहरी चौकी चंवाबाट प्रहरी सहायक निरीक्षक नरबहादुर खडकाको नेतृत्वमा गएको गस्ती टोलीले राजपुर गाउँपालिका–७ भित्री सिक्टा जाने बाटोको जंगल क्षेत्रमा उक्त बन्दुक बरामद गरिएको दाङका प्रहरी नायब उपरीक्षक भुवनेश्वर तिवारीले जानकारी दिए ।

छ÷सातजना अज्ञात व्यक्तिले एक नाले भरुवा बन्दुक बोकेर जंगलतर्फ हिँडिरहेको अवस्थामा प्रहरीले पक्राउ गर्न खोज्दा उनीहरुले बन्दुक फालेर भागेको प्रहरीले जनाएको छ ।

त्यस क्षेत्रमा खानतलासी गर्दा प्रहरीले लोड गरिएको एक नाले भरुवा बन्दुक पाँच थान, काटिएको लत्ताको टुक्रा पाँच थान, कपडाको थैली एक, बारुद भएको प्लास्टिकको बट्टा दुई, बारुद भएको आल्मुनियमको बट्टा एक, सलाइको बट्टा सात र ३८ वटा छर्रा भएको कपडाको पोको एक थानलगायतका बस्तु बरामद गरेको जनाएको छ ।

घटनाको बारेमा थप अनुसन्धान भइरहेको र फरार रहेकाहरुको खोजी कार्य जारी रहेको प्रहरी नायब उपरीक्षक तिवारीले बताए।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!