Rabin Katel

धनकुटा । नेपालको राष्ट्रिय टिमका कप्तान किरण चेम्जोङले भारतको आई लिगमा फ्यान्स सिजन अवार्ड २०२०/२०२१ अन्तर्गत ‘गोलकिपर अफ द सिजन’ को अवार्ड जितेका छन् ।

Advertisement

भारतको आइ लिगमा राउण्ड ग्लास पन्जाब फुटबल क्लबबाट २०२०/२०२१ को सिजन गोलपोष्ट सम्हालेका चेम्जोङले १४ खेल खेल्दै ७ खेलमा क्लिन सिट राखेका थिए । उनी २०२०/२०२१ को आइ लिग तथा नेपालको फ्रेन्चाइस सुपर लिग एन.एस.एलको समेत सर्वोत्कृष्ट गोलकिपर भएका थिए ।

८ जना गोलकिपर नोमिनेट भएको भोटिङमा सबैलाई पछि पार्दै किरण ‘गोलकिपर अफ द सिजन’ हुन सफल भएका हुन् । धनकुटाको चौविसे घर भएका किरणले खेल जगतमा एकपछि अर्काे सफलता पाउदै आएका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement