नेपालगञ्ज।   नेकपा एमालेका कार्यवाहक अध्यक्ष बामदेव गौतमले कसैलाई खुशी बनाउन मात्रै आफ्नो दल संविधान संशोधनको कार्यसूचीमा सहभागी नहुने बताएका छन् ।

Advertisement

प्रदेश नं ५ अन्तर्गतका जिल्लाबाट स्थानीय तह निर्वाचनमा एमालेका तर्पmबाट विजयी जनप्रतिनिधिका लागि आयोजित अभिमुखीकरण कार्यक्रमलाई मंगलबार नेपालगञ्जमा सम्बोधन गर्दै उनले तराई र पहाडबीच फाटो ल्याउने योजनालाई जनताले निर्वाचनमार्पmत असफल बनाएको उल्लेख गरे ।

“कसैलाई खुशी बनाउन संविधान संशोधन हुन सक्दैन, किन र केका लागि संशोधन गर्ने हो औचित्य पुष्टि नै नभएको संशोधनको खेलमा आप्mनो दलको कुनै सहमति हुन सक्दैन”, उनको भनाइ छ ।

बुधबारसम्म सञ्चालन हुने अभिमुखीकरणमा सहभागीलाई सो दलका नेता विष्णु पौडेल, शङ्कर पोखरेल, प्रदीप ज्ञवाली र गोकर्ण विष्टले प्रशिक्षण दिने जनाइएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!