संगालोखबर सम्वाददाता

विराटनगर । विगत २४ घण्टाको अवधिमा प्रदेश १ मा ३६२ जना कोरोना संक्रमित थपिएका छन् । १ हजार १६२ जनाको पीसीआर परीक्षण गर्दा १६७ महिला र १९५ पुरुषको रिपोर्ट पोजिटिभ आएको हो । झापामा ११९, सुनसरीमा ९३, मोरङमा ९२, पाँचथरमा १४, संखुवासभा र इलाममा ८/८, धनकुटामा ६, भोजपुर र उदयपुरमा ५/५, ताप्लेजुङ र तेह्रथुममा १ र प्रदेश १ बाहिरका ११ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

Advertisement

मन्त्रालयका अनुसार झापाको मेचीनगरमा २३, विर्तामोड र भद्रपुरमा १९/१९, दमकमा १६, शिवसताक्षीमा १०, कनकाई र अर्जुनधारामा ९/९, बुद्धशान्तिमा ८, बाह्रदशीमा २, हल्दिबारी, कचनकवल र कमल गाउँपालिका र स्थानीय तह नखुलेका १/१ जनामा संक्रमण देखिएको छ । त्यस्तै सुनसरीको धरानमा ४७, इटहरीमा २६, दुहवी र बराहक्षेत्रमा ५/५, रामधुनीमा ३, इनरुवामा २, कोशी गाउँपालिका, बर्जु, देवानगञ्ज गढी र स्थानीय तह नखुलेका १/, मोरङको विराटनगरमा ४६, बेलबारीमा १५, पथरीशनिश्चरेमा ११, बुढीगंगा, उर्लाबारी र रतुवामाईमा ४/४, सुन्दरहरैचामा ३, सुनबर्षी, रंगेली, ग्रामथान, जहदा र कटहरीमा १/१ जना संक्रमित भएका छन् ।

यता, पाँचथरको फिदिममा १४, संखुवासभाको खाँदबारीमा ७ र स्थानीय तह नखुलेका १, इलामको इलाम नगरपालिकामा ५, रोङमा २ र सन्दकपुरमा १, धनकुटाको धनकुटा नगरपालिकामा ३, साँघुरीगढीमा २ र महालक्ष्मीमा १ जनाको रिपोर्ट पोजिटिभ आएको छ । त्यस्तैगरी भोजपुरको भोजपुर नगरपालिका र स्थानीय तह नखुलेका २/२, षडानन्दमा १, उदयपुरको बेलका, कटारी, त्रियुगामा १/१ र स्थानीय तह नखुलेका २, ताप्लेजुङको सिदिङ्वा र तेह्रथुममा १/१ र प्रदेश १ बाहिरका ११ जनामा संक्रमण पुष्टि भएको छ ।

योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ६८ हजार ४८९ पुगेको छ । यसैबीच आज ६५७ जना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा २८७ महिला र ३७० पुरुष छन् । हालसम्म ५६ हजार ५१९ जना संक्रमणमुक्त भएका छन् भने सक्रिय संक्रमितको संख्या १० हजार ८६५ छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!