मोरङ । मोरङको पथरीशनिश्चरे र कानेपोखरीबाट लागुऔषध ब्राउन सुगरसहित आज चार जना पक्राउ परेका छन् । बिहान साढे ६ बजे बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय पथरीबाट खटिएको टोलीले ब्राउन सुगरसहित चार जनालाई पक्राउ गरेको हो ।
पथरी शनिश्चरे–१ सिनेमा हल छेउबाट स्थानीय ३५ बर्षीय नारायण परियार र ३२ बर्षीय कृष्ण दर्नाललाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुको साथबाट १३ ग्राम ८ सय मिलिग्राम ब्राउन सुगर र तौल गर्ने डिजिटल मेशिन बरामद भएको छ ।
त्यस्तै गएराती साढे १० बजे प्रहरीले कानेपोखरी गाँउपालिका–२ का ३१ बर्षीय हर्क बिष्ट र २७ बर्षीय योगेन्द्र निरौलालाई २ ग्राम ४ सय मिलिग्राम ब्राउन सुगरसहित घरबाटै पक्राउ गरेको छ । पक्राउ परेका चारै जनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
















