संगालोखबर सम्बाददाता
फायल तस्बीर

धनकुटा । २ अर्ब २२ करोडको लागतमा धनकुटाका बिभिन्न स्थानमा १८ वटा पुल निर्माण हुँने भएका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले १८ वटा पुल निर्माणका लागि बजेट बिनियोजन गरेको हो ।

पाँच वटा मोटरेबल पुल निर्माणका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले २ अर्ब १५ करोड र १३ वटा झोलुङ्गेपुल निर्माणका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ७ करोड ४५ लाख बजेट बिनियोजन गरेको निवर्तमान संघीय सांसद राजेन्द्र राईले जानकारी दिए । ‘मैले पुल निर्माणका लागि दुई बर्ष अघिदेखि नै पहल गरेको थिए, अहिले बजेट बिनियोजन भएको छ,’ एमाले धनकुटाका अध्यक्षसमेत रहेका राईले भने, ‘अब नयाँ आर्थिक बर्ष सुरु भएपछि निर्माणको काम अघि बढ्छ ।’ तमोर नदीका तीन स्थानमा मोटरेबल पुन बन्ने भएको छ । याक्चनाघाटमा ७२ करोड, चिम्राहघाटमा ५० करोड र सफाईटारमा ४६ करोडको लागतमा पुल बन्ने निवर्तमान सांसद राईका स्वकीय सचिव महेन्द्र गिरीले जानकारी दिए । उनका अनुसार लामिबगरस्थित अरुण नदीमा ४२ करोड र महालक्ष्मीको कटहरेस्थित लक्ष्मी खोलामा ५ करोड बराबरको पुल बनाउँन बजेट बिनियोजन भएको छ ।

Advertisement

त्यस्तै, धनकुटा नगरपालिका, पाख्रीवास नगरपालिका, महालक्ष्मी नगरपालिका, सहिदभूमि गाउँपालिका, साँगुरीगढी गाउँपालिका र चौविसे गाउँपालिकाका बिभिन्न स्थानमा १३ वटा झोलुङ्गेपुल बन्ने भएको हो । धनकुटा नगरपालिका–९ स्थित लुङदाङ्ग खोला, धनकुटा नगरपालिका र छथर जोरपाटीको सिमास्थित तांखुवाखोला, पाख्रीवास–८ र १० को सिमास्थित मुगा खोला, पाख्रीवास–५ स्थित अरुण नदीको हङ्रायो दोभान, महालक्ष्मी–५ र पाख्रीवास–५ स्थित पिप्ले–कटहरे माङमाया खोलामा झोलुङ्गेपुल बनाउँन बजेट बिनियोजन भएको छ ।

सहिदभूमि–२ र ४ स्थित छिन्ताङ्ग खोला, छपौली–ढाँडेखोला, सहिदभूमि–२ मचुवाटारस्थित अरुण नदी, सहिदभूमिको रागेखोला, महालक्ष्मीको लेगुवा झरना, साँगुरीगढी–४ को लेउतीखोला, चौविसे–४ को डिहिटारस्थित तमोर नदी, चौविसे–५ सदामटार मुर्कुटेडाँडास्थित तमोर नदी र चौविसेको सितेनीभित्ता–अलैचेखेतस्थित लुविमा खोलामा झोलुङ्गेपुल बनाउँन बजेट छुट्टिएको गिरीले जानकारी दिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!