संगालोखबर सम्वाददाता

इलाम । इलामको फाकफोकथुम गाउँपालिकामा हिड्ने क्रममा चिप्लिएर लड्दा एक जनाको मृत्यु भएको छ । फाकफोकथुम–२ कोलबोटेका ५२ बर्षीय लालबहादुर राईको लडेर मृत्यु भएको हो ।

Advertisement

सोमबार बेलुका ५ बजे गाँउबाट घर फर्कने क्रममा घर नजिकै उनी चिप्लिएर लडेका थिए । बाटोबाट लडेर करिब ७ मिटर तल खस्दा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनाको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय मंगलबारेबाट प्रहरी टोली घटनास्थल गएको छ । मृतकको शवलाई पोष्टमार्टमका लागि अस्पताल लगिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!