संगालोखबर सम्वाददाता

काठमाडौं । सर्वोच्च अदालतले सात जना मन्त्रीको नियुक्ति बदर गरेको छ । मन्त्रीको नियुक्तीविरुद्ध परेको रिटमा सर्वोच्चले बिहिबार नियुक्ती बदरको आदेश दिएको हो । अधिवक्ता कपिल देव ढकाल र रविराज थापाले नियुक्ती बदर गर्न माग गर्दै सर्वोच्चमा रिट हालेका थिए ।

Advertisement

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको एकल इजलासले पूर्व संघीय संसदको सदस्य नरहेका सात मन्त्री संविधानको धारा ७८ अनुसार एक पटकलाई बढीमा ६ महिनामात्र मन्त्री हुन सक्ने भन्दै पुनः नियुक्तिलाई अन्तरिम आदेशमार्फत बदर गरेको हो । नेकपा एकता बदर भएर एमाले र माओवादी पूर्ववत अवस्थामा फर्किएपछि माओवादी त्यागेर एमालेमा बसेकाहरुको मन्त्री नियुक्ती बदर भएको हो ।

गृहमन्त्री रामबहादुर थापा, उद्योगमन्त्री लेखराज भट्ट, ऊर्जामन्त्री टोपबहादुर रायमाझी, शहरी विकासमन्त्री प्रभु साह, खानेपानी मन्त्री मणि थापा, श्रममन्त्री गौरीशंकर चौधरी र युवा तथा खेलकुद मन्त्री दावा लामाको नियुक्ती बदर भएको हो । सर्वोच्चको फैसलासँगै उनीहरुको मन्त्री पद स्वतः खारेज भएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!