के.जी.सुब्बा, धनकुटा
के.जी.सुब्बा, धनकुटा

तिमी कस्तो-कस्तो भएर आयौ
सम्झनाको स्केचमा !

कहिं कतै नदेखिएको
कसैलाइ थाहा नभएको
नयाँ क्राफ्ट या अबिस्कार जस्तो
जब तिमी हावामा आकार भएर आयौ
तब मलाइ थाहा भयो
यी प्रत्येक आकार भन्दा
अझ पृथक आकार पनि हुँदो रहेछ ।

जब सुने
त्यो पहिलो आवाज
तब लाग्यो किन यो यति प्रेमिल छ
जब देखे त्यो पहिलो तस्बिर
तब लाग्यो किन यो यति सुन्दर छ ?
यी प्रत्येक अनुभबले सिकाउने
जीबनको बिशिष्ट लय
एक उत्कृष्ट अनुभब बन्दै जाँदा
यी अनुभब मध्येको खास अनुभब बाट
यो पनि थाहा भयो
यी प्रत्येक आवाज भन्दा
अझ पृथक आवाज पनि हुँदो रहेछ ।

जब म तिम्रो समिपमा निशब्द भएँ
तब मलाइ थाहा भयो
शब्दकोशका ती हजारौं शब्द भन्दा त
यो एउटै निशब्द
कति अर्थपुर्ण हुँदो रहेछ ।

तिमी आए पछि
खड्किएका केहि प्रश्न यीनै हुन ….
खोइत म संग
तिमी सुसाउदाको बिराग लेख्ने शब्द ?
खोइत म संग तिमी लोलाउदा
गुनगुनाउने गीतको धुन ?
खोइत म संग
तिमी हुँदाको उज्यालो पोत्ने रंग ?
यी जम्मै कुरा
तिमी आए पछि थाहा भयो
मत केहि बिनाको
रुखो मरुभूमीपो रहेछु
मत केहि नभएको
खोक्रो दुनियापो रहेछु ।

बिपना जन्माउनलाई
एक सपना जरुरी थियो
जरुरी थियो ….
मनको दम्भि साम्राज्य थेग्ने गरेर
एक सम्मोहित आन्दोलन
जरुरी थियो ….
समयलाइ प्रेम र जीबनको सबक सिकाउन
ती सब तिमी आफै भएर आयौ
तिमी मेरो समिप
नौलो तर सब थोक भएर आयौ
सम्झनाको स्केचमा
तिमी कस्तो-कस्तो भएर आयौ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!