Rabin Katel

विराटनगर । २४ घण्टाको अवधिमा नेपालमा थप ५५ जना कोरोना संक्रमितको मृत्यु भएको छ भने ७६६० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

Advertisement

मन्त्रालयका अनुसार बितेको २४ घण्टामा पीसीआर विधिबाट १६ हजार १३१ जनाको परीक्षण गर्दा ७ हजार ५८७ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै एन्टिजेन विधिबाट ५७१ जनाको परीक्षण गर्दा ७३ जनामा संक्रमण देखिएको हो ।

योसँगै देशभर कोरोना संक्रमितको संख्या ३ लाख ५१ हजार ५ पुगेको छ । जसमध्ये २ लाख ८७ हजार ७९० संक्रमित निको भइसकेका छन् । त्यस्तै कोरोेना संक्रमित मृतकको संख्या ३ हजार ४१७ पुगेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement