हेमचन्द्र दाहाल
हेमचन्द्र दाहाल, चौबिसे गाउँपालिका-३ कुरुले तेनुपा, धनकुटा (हाल काठमाडौं)

भन्छन् श्रमिक
गर्छौ दुख रातदिन नभनी
तर नेपालमा हैन
नेपालमा त रोजगारको अवसर नै छैन
कि त बोक्नु नै पर्छ नेताको झोला
अनि पार्टीको झन्डा
यो सबै गर्ने त हाम्रो रहरै छैन।

भन्छन् श्रमिक
चाकडी गर्नेले यहाँ
श्रम नै नगरी भत्ता खाएका छन्
श्रम मात्र गर्नेले यहाँ
पाउनुसम्म दुख पाएका छन्
त्यसैले त जादैछन् युवा
खाडिको त्यो तातो घाममा
श्रम गर्नलाई मजदुर बनेर।

भन्छन् श्रमिक
देशमा नै श्रम गर्छु भन्दा
समाजमा विदेश जान नसक्ने
नामर्दा भन्छन्
बिदेश जान्छु भन्दा
जस्ले जति पनि लगानी गर्छन्।

भन्छन् श्रमिक
बृद्ध बा, आमा र अबोध बच्चाको
हेरचाह र लालनपालन
श्रीमतीको दायित्व सम्झियो
अपसोच घर फर्किदा
खाडिको श्रमको मूल्य
अनि श्रीमती पनि फरार
भएको भेटियो।

आफ्नो दुख, कष्ट
अनि पीडालाई सम्हाल्न सक्ने
मनभरी चोट भए पनि
ओठमा मन्द मुस्कान
लिएर हास्न सक्ने
सबै-सबै महान श्रमिकलाई
श्रम दिवसको लाखौं-लाख शुभकामना!

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!