संगालोखबर सम्वाददाता

विराटनगर । विराटनगरमा जारी विराट गोल्डकपको शनिवारको पहिलो क्वाटरफाइनलमा बिजयी हुँदै विराटनगर–११ सेमिफाइनल प्रवेश गरेको छ । विराटनगरस्थित सहिद रंगशालामा साँझ भएको खेलमा भारतको युनाइटेड फुटबल क्लव वेस्ट बंगाललाई ३–० गोलले पराजित गर्दै बिराटनगर सेमिफाइनल पुगेको हो ।

Advertisement

विराटनगरलाई जित दिलाउँन सुनिल खड्काले दुई र प्रकाश बुढाथोकीले एक गोल गरे । राम्रो खेल प्रस्तुत गरेको भएपनि गोल गर्न चुक्दा वेस्ट बंगाल पराजित बन्यो । खेलको २५ औं मिनेटमा विराटनगरका सुनिल खड्काले गोल गरि टिमलाई अग्रता दिलाएका थिए । प्रकाश बुढाथोकीले निकालेको क्रस पासलाई सदुपयोग गर्दै सुनिलले डिबक्स भित्रदेखि गरेको प्रहारले जाली चुम्यो ।

घरेलु मैदानमा दर्शकको राम्रो साथ पाएको विराटनगरले गोल गर्ने थुप्रै अवसर खेर फाल्यो । खेलको पाँच मिनेटमै विराटनगरका प्रकाश बुढाथोकीको पासमा कप्तान दिपन राईले गोल गर्ने गतिलो अवसर गुमाए । दिपकले डिबक्स भित्रदेखि गरेको प्रहार बाहिरियो । यस्तै ९ औं मिनेटमा विराटनगरका सुनिल खड्काले डिबक्स नजिकदेखि गरेको प्रहार पनि पोस माथिदेखि बाहिरदा थप गोल गर्ने अवसर खेर गयो ।

पहिलो हाफमा भारतलाई दवावमा राख्दै विराटनगरले १–० गोलको अग्रता लियो । खेलको ६८ औं मिनेटमा भारतका सौरभ तामाङ्गले बल रोक्दै प्रहार गर्नुपर्ने स्थितिमा सोझै प्रहार गर्दा फितलो हुन पुग्यो । ७० औं मिनेटमा भारतका सुरज राउतले पाएको अवसरमा विराटनगरका गोल रक्षक किशोर गिरी बाधक बने । सुरजले वान भर्सेस वानको अवस्थामा गोल गर्न सकेनन् । पहिलो हाफमा १ गोलले पछि परेको भारतले दोस्रो हाफमा भने राम्रो खेल प्रदर्शन गर्न सकेन । ७५ औं मिनेटमा फ्रिकिकको अवसर पाए पनि भारतले त्यसलाई सदुपयोग गर्नबाट चुक्यो ।

खेलको ८६ औं मिनटेमा विराटनगरका प्रकाश बुढाथोकीले डिबक्स भित्रदेखि गरेको प्रहारले चाली चुम्यो । सन्तोष खड्काले निकालेको क्रस पासलाई प्रकाशले किलियर गरेका हुन् । दोस्रो गोलको दुई मिनेट बित्न नपाउँदै सुनिलले खेलको ८८ औं मिनेटमा पुनः गोल गरे । उनले गरेको गोल नै विराटनगरका लागि जित दिलाउँन निर्णायक बन्यो ।

जितसँगै विराटनगरले चैत ३० गते हुने सशस्त्र प्रहरी बल, काठमाण्डौ र नेपाल प्रहरी काठमाण्डौको बिजेता टिमसँग भिड्नेछ । विराटनगरका दुई गोलकर्ता सुनिल आइतवारको खेलको म्याद अफ द म्याच घोषित भएका छन् । आइतवार सहिद स्मारक ए डिभिजन लिग विजेता मचिन्द्र क्लव र भारतको पञ्जाव पुलिस क्लवबीच खेल हुँनेछ ।

विराट गोल्डकप फुटबल ट्रष्टको आयोजनामा चैत २६ गतेदेखि सुरु भएको प्रतियोगिता बैशाख ४ गतेसम्म सञ्चालन हुँनेछ । प्रतियोगितामा तीन विदेशीसहित १० टिम सहभागि छन् । प्रतियोगिताको विजेताले १५ लाख १५ हजार र उप विजेताले ७ लाख ५१ हजार पाउँने आयोजकले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!