Rabin Katel

विराटनगर । नेकपा एमालेका नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली भष्मासुर प्रवृत्तिको मूल वाहक भएको आरोप लगाएका छन् । विराटनगर विमानस्थलमा शुक्रबार सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् ।

Advertisement

ओलीले पार्टीको विधान विपरितका कदमहरु चालेका कारण कार्यकर्ताहरु छिन्नभिन्न हुँदै गएको उनको तर्क छ । ओलीले पार्टीमा आफ्ना भजनमण्डली बाहेकका अरु कसैलाई पनि हेर्न नचाहेको नेता नेपालको भनाई छ । नेपालमा बामपन्थीकै सरकार रहोस भन्ने चाहना हुँदा पनि प्रधानमन्त्री ओलीले आन्दोलन र संविधानलाई नै सखाप बनाउने कार्यतिर अग्रसर हुँदा हाल आफै एक्लिदै गएको उनले जिकिर गरे ।

ओलीको गतिविधिका कारण कार्यकर्ताहरु निराश हुँदै गएको बिषय जोड्दै नेता नेपालले हाल नेकपा एमालेमा आबद्ध कार्यकर्तामा नयाँ जोश, जाँगर र उर्जा थप्ने प्रयास भईरहेको जानकारी दिए । उनले माक्र्सवाद र लेलिनवादको सिद्धान्त बमोजिम अघि बढेको दाबीसमेत गरे ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement