Rabin Katel
सांकेतिक तस्वीर

ईलाम । ईलाममा आगोले जल्दा एक महिलको मृत्यु भएको । मृत्यु हुँनेमा रोङ गाउँपालिका–३ मार्सेकी ४८ बर्षीया मनमाया राई छन् ।

सोमबार बिहान करिव ११ बजे भान्सा कोठामा चिया लिन जाने क्रममा गाईको खोले पकाउने चुलोमा उनले लगाएको कटनको कपडामा आगो सल्किएको थियो । आगोले शरीरका बिभिन्न भागमा पोल्दा उनी घाइते भएकी थिइन् ।

Advertisement

उपचारका लागि उनलाई बिर्तासिटी अस्पताल बिर्तामोडमा लगिएको थियो तर उक्त अस्पतालमा उपचार हुन नसकेपछि राती सभा ९ बजे थप उपचारका लागि मेचि अञ्चल अस्पताल भद्रपुर लैजाने क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement