बर्दिया । मङ्गलबार बर्दियाको ठाकुरबाबा नगरपालिका–३ मानपुर बस्ने पणँ ऐरीकी छोरी ११ वर्षीया सपना ऐरी घरबाट नजिकै धोबीखोला नहरमा नुहाउने क्रममा दिउँसो डुबेर बेपत्ता भएकीमा राति शव फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

त्यसैगरी, बर्दियाको गेरुवा गाउँपालिका–६ बस्ने ६६ वर्षीय शेरबहादुर शाही मादक पदार्थ सेवन गरी नजिकै स्याउली बजारस्थित तटबन्धबाट नदीमा खसेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!