नेपाली पात्रो

वि.सं. २०७४ साल साउन ४ गते। बुधबार। इश्वी सन् २०१७ जुलाई १९ तारिख। नेपाल संवत् ११३७ दिल्लागा। श्रावण कृष्णपक्ष। तिथि– एकादशी, २५:२२ बजेउप्रान्त द्वादशी।

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

स्वयं आँट गर्न नसक्दा अरूको सहयोग आवश्यक पर्ला। तर, अरूको मात्र भरपर्दा काम अधुरो रहनेछ। आत्मविश्वासको कमीले पछि परिए पनि बुद्धिको उपयोगले काम बन्नेछ। ढिलै भए पनि योजना कार्यान्वयनमा आउनेछ। कामको सन्दर्भमा आफ्नैसँग पनि प्रतिस्पर्धा गर्नुपर्ला। ईर्ष्या गर्नेहरूबाट सजग रहनुहोला। काम दोहोर्याउनुपरे पनि अन्तत: फाइदै हुनेछ।

बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

काममा आँट गर्न नसक्दा अरूले फाइदा उठाउन सक्छन्। समयमा निर्णय लिन नसक्दा पछि परिनेछ। तापनि मिहिनेतले अवसर दिलाउनेछ भने सहयोगीहरूको साथले उत्साह जगाउनेछ। विशिष्ट व्यक्तिहरूसँग भेटघाट हुनेछ। आकर्षक उपहार प्राप्त हुन सक्छ। रोकिएका काम सम्पादन हुने र नयाँ काम पाइने योग छ। पारिवारिक जमघटले आनन्द दिलाउनेछ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

छिमेकमा असमझदारी बढ्ने देखिएकाले होसियारीसाथ काम लिनुहोला। फाइदाका लागि केही वस्तु त्याग्नुपर्ला। केही मात्रामा खर्च बढ्नेछ भने व्यवसायमा लगानी बढाउनुपर्ला। अर्थअभाव खट्किनाले काममा बाधा आउन सक्छ। फाइदाका पछि लाग्दा समस्या आउन सक्छन्। आवश्यक पर्दा सरसापट वा कर्जामार्फत धन जुट्नेछ। लामो यात्रा गर्ने अवसर प्राप्त हुनेछ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

आयआर्जनका स्रोत बढ्नेछन् र दैनिक काममा पनि उल्लेख्य फाइदा हुनेछ।आम्दानी बढ्नेछ भने परिवारजनका आवश्यकता पूरा हुनेछन्। मिहिनेतको फल प्राप्त हुनेछ। दिगो काममा लगानी गर्ने मौका छ। व्यापार तथा साझेदारीमा पनि फाइदा हुनेछ। आम्दानी बढ्नेछ भने परिवारजनका आवश्यकता पूरा हुनेछन्। तर केही लाभांश अरूका लागि पनि खर्चनुपर्ला।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

आँटले काम लिन नसक्दा पछि परिनेछ। समयको तालमेल नमिल्दा योजना अधुरै रहनेछ। ईर्ष्या गर्नेहरू सक्रिय रहनेछन् भने अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउने चेष्टा गर्नेछन्। अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्ला। सानातिना काममै अल्झनुपर्नेछ भने पहिलेका समस्या दोहोरिन सक्छन्। तत्कालको फाइदा हेर्दा पछिलाई समस्या होला।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

मिहिनेतले जिम्मेवारी दिलाउनेछ। तर सामान्य कामलाई पनि निकै मिहिनेत पर्नेछ। अवसरका लागि विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। परिबन्धले अप्ठ्यारो स्थिति निम्त्याउन सक्छ। साइनो गाँस्नेहरूबाट सजग रहनुहोला। व्यवसायमा प्रतिस्पर्धा गर्नुपर्नेछ। आफ्नो श्रमबाट अरूले फाइदा उठाउन सक्छन्। तापनि भविष्यका लागि काममा जग बसाउने मौका छ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

बेसुरमा काम गर्ने बानीले समस्या निम्त्याउन सक्छ। स्वास्थ्य प्रतिकूल रहे पनि हिम्मतले केही काम बनाउन सकिनेछ। प्रयत्न गर्दा भैपरी आउने समस्या सुल्झनेछन्। समस्या दर्साउँदा शुभचिन्तकहरूले साथ दिनेछन्। तर, गोपनीयतामा विशेष ध्यान पुर्याउनुहोला। आस मारेको काममा तत्काल सम्पादन नभए पनि पछिका लागि सकारात्मक संकेतहरू प्राप्त हुनेछन्।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

अतिथिको रूपमा सत्कार पाइनेछ। आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। व्यवसायको सन्दर्भमा यात्रा हुन सक्छ। काममा साथीभाइबाट सहयोग मिल्नेछ। धन तथा ज्ञानको भण्डार बढ्नेछ भने जीवनशैली आनन्दमय रहनेछ। प्रियजनसँग भेटघाट हुनुका साथै विशेष उपहार प्राप्त होला। सोखले खर्च भने बढाउन सक्छ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

वैधानिक प्रावधानले लक्ष्यमा पुग्न अप्ठ्यारो पर्नेछ। अधिकार सुरक्षा गर्न जुट्नुपर्नेछ। केही चुनौतीहरू देखिनेछन्। काममा सोचेको फाइदा उठाउन नसकिएला। प्रतिस्पर्धी बढ्नाले समस्या थपिएलान्। चिताएका काममा बाधा पुर्याउनेहरू प्रशस्तै हुनेछन्। अप्ठ्यारो परिस्थिति सामना गर्नुपर्ला। फजुल खर्चका साथै ठगीमा परिने योग भएकाले होसियार रहनुहोला।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

परिस्थितिवश चिताएको काम रोकिन सक्छ। समयतालिका नमिल्दा योजना अधुरै रहनेछ। हल्लाको पछि लाग्दा व्यर्थैमा दु:ख पाइनेछ। आफ्ना कामबाट अरूले फाइदा उठाउन सक्छन्। स्वास्थ्य-चिन्ताले सताउला। अध्ययनमा बाधा हुनेछ भने अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ला। तापनि बुद्धि लगाउँदा लक्ष्य प्राप्त हुनेछ। नयाँ काम प्रारम्भ गर्न समय प्रतीक्षा गर्नुहोला।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

बेसुरमा वचन दिने बानीले समस्या निम्त्याउनेछ। तत्कालको फाइदा हेर्दा पछिलाई घाटा हुन सक्छ। साझेदारीमा पहिलेको सम्झौता भंग हुन सक्छ। महत्वाकांक्षी योजना गोप्य राख्नुहोला। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्दा लाभ हुनेछ। पहिलेका कमजोरी सुधार गर्ने अवसर प्राप्त हुनेछ। भूमि तथा पशुधनबाट लाभ मिल्नेछ। टाढिएका आफन्त नजिकिन सक्छन्।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

बेलामा होस नपुर्याउँदा केही समस्या झेल्नुपर्ला। परिस्थितिले सोचेभन्दा फरक मोड लिन सक्छ। लेनदेन तथा हिसाबकिताबमा होसियार रहनुहोला। सहयोगीहरूले हात झिक्नाले समस्यामा परिनेछ। सञ्चित रकम खर्चनुपर्ने आवश्यकता पर्न सक्छ। पारिवारिक असमझदारीले पनि काममा केही अप्ठ्यारो पर्ला। दिगो काम प्रारम्भ गर्न केही समय पर्खनुपर्ने देखिन्छ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!