इलाम। आर्थिक वर्ष २०७३÷७४ मा रु ३७ करोड ६१ लाख ८१ हजार राजस्व संकलन भएको छ । यो गत आवको तुलनामा ९।१३ प्रतिशतले बढी हो ।

करदाता सेवा कार्यालय, जिल्ला प्रशासन, जिल्ला वन, मालपोत, पशुपतिनगर भन्सार कार्यालय र जिल्ला शिक्षा कार्यालयबाट सबैभन्दा बढी राजस्व संकलन भएको छ ।

Advertisement

कोष तथा लेखा नियन्त्रण कार्यालयका अनुसार सबैभन्दा बढी करदाता सेवा कार्यालयबाट रु २१ करोड ५८ लाख ३५ हजार, जिल्ला वनबाट रु तीन करोड ५३ लाख ६२ हजार, जिल्ला प्रशासनबाट रु दुई करोड, यातायात व्यवस्था कार्यालयबाट रु एक करोड ९४ लाख ३२ हजार र पशुपतिनगर भन्सार कार्यालयबाट रु एक करोड १८ लाख २९ हजार राजस्व संकलन भएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!