काठमाडौं। मंगलबार सुन र चाँदी दुबैको मूल्य बढेको छ । आज सुनको मूल्य २ सय रुपैयाँले बढेर प्रतितोला ५३ हजार ७ सय रुपैयाँ पुगेको छ ।
हिजो (सोमबार) सुन प्रतितोला ५३ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, चाँदीको मूल्य पाँच रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला ७ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ ।
हिजो भने चाँदी तोलामा ७ सय २० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।