काठमाडौं। यू–१९ विश्वकप छनोट क्रिकेटको पहिलो खेलमा सिंगापुरले दिएको ७४ रनको लक्ष्य पछ्याएको नेपालले १३ ओभरमा ४ विकेट गुमाएर ५६ रन बनाएर खेलिरहेको छ।

 नेपालका लागि प्रनित थापामगरले २३ रन बनाए भने अनिल शाह १५ रनमा खेलिरहेका छन्। अन्य खेलाडीले दोहोरो रनको स्कोर छुन सकेनन्। ओपनर सन्दिप सुनार १ रनमा आउट भए भने आरिफ सेख ४ रनमा आउट भए।

दीपेन्द्र सिंह ऐरी २ रनमा एलबीडब्लुको धरापमा परेका थिए।यसअघि सिंगापुरले पहिले ब्याटिङ गर्दै २९ ओभरमा सबै विकेट गुमाएर ७३ रन बनाएको थियो।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!