संगालोखबर सम्वाददाता

विराटनगर । नोबेल मेडिकल कलेजमा सञ्चालित ‘नोबेल स्पोर्टस फियस्टा’ सम्पन्न भएको छ । चिकित्सा शिक्षा अध्ययन गर्दै आएका बिद्यार्थीहरुले फियस्टा अर्थात खेलकुद उत्सव गरेका हुन् ।

आठ दिनसम्म सञ्चालन भएको फियस्टामा फुटबल, भलिबल, क्रिकेट, कवडी, ब्याडमिन्टन, म्याराथन, हाजिरीजवाफ लगायत २४ वटा प्रतियोगिता भएका छन् । जसमध्ये पुरुष फुटबलतर्फ सुरक्षागार्ड टिमलाई पराजित गर्दै एमवीवीएस नवौं ब्याचको टिम बिजयी भएको छ । महिला फुटबलमा एमवीवीएस १४ ब्याचलाई हराउँदै एमवीवीएस १२ ब्याच बिजयी भयो । यता पुरुष क्रिकेटमा एमवीवीएस १० ब्याचलाई पछि पार्दै डाक्टरको टिम बिजयी बन्यो भने महिला क्रिकेटमा बीडीएसलाई पराजित गर्दै एमबीबीएस ११ ब्याच बिजयी भएको छ ।

बिजयी टिम र खेलाडीहरुलाई ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरी पुरस्कृत गरिएको छ । नोबेल मेडिकल कलेजका प्रिन्सिपल प्रा.डा.रामहरी घिमिरे, जेनेरल मेनेजर रुद्रप्रसाद शर्मा, कलेजका अन्तर्राष्ट्रिय निर्देशक डा.निरञ्जन कुमार, स्त्रीरोग विषेशज्ञ प्रा.डा.सीता पोख्रेल घिमिरे, शैक्षिक कार्यक्रम संयोजक डिल्लीराम निरौला लगायतले बिजयी टिम तथा खेलाडीलाई पुरस्कृत गरेका छन् । समापनमा बिभिन्न साँस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरिएको थियो ।

नोबेलमा हरेक बर्ष खेलकुद उत्सव मनाइदै आएको छ । नोबेलमा डिएम एमसीएच, एम्डी, एमएस, एमवीवीएस, वीडीएस, वीएस्सी नर्सिङ, वीएनएस, स्टाफ नर्स, ल्याव टेक्निसियन, रेडियोग्राफी, डेन्टल हाईजिन र डिफार्म संकायमा करिव १ हजार ६ सय विद्यार्थी अध्ययनरत छन् । नोबेलमा पढाई राम्रो हुँने भन्दै नेपालका बिभिन्न जिल्लासँगै भारत, माल्दिभ्स लगायत देशबाट पनि विद्यार्थीहरु अध्ययनका लागि आउँने गरेका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!