Avatar photoRabin Katel

काठमाडौं । कुमारी बैंक लिमिटेड र मेरिना ईम्पेक्सबीच मेरिना इम्पेक्सबाट प्रदान गरिने सिलाई सम्बन्धि सेवाहरुमा कुमारी बैंकका डेबिट/क्रेडिट कार्डवाहकहरुलाई छुट प्रदान गर्ने सम्झौता भएको छ ।

Advertisement

सम्झौतापछि मेरिना इम्पेक्सले काठमाडौंको बागबजार, नयाँ सडक, ललितपुरको गाबहाल लगायत विभिन्न शाखाहरुबाट सर्टिङ्ग, सुटिङ्ग लगायत सम्पूर्ण सिलाई सम्बन्धि सेवाहरुमा बैंकको डेबिट/क्रेडिट कार्डवाट भुक्तानी गरेमा कार्डवाहकहरुले २०% सम्मको छुट प्राप्त गर्न सक्नेछन् ।

सम्झौता पत्रमा कुमारी बैंकका मार्केटिंग प्रमुख नवीन मुनि बज्राचार्य तथा मेरिना ईम्पेक्सका तर्फबाट प्रबन्ध निर्देशक गोकुल खड्काले हस्ताक्षर गरेका छन् ।

कुमारी बैंकले आफ्ना देशव्यापी १९२ शाखा सञ्जाल, १६२ एटिएम, २५ शाखारहित बैंकिङ्ग ईकाई तथा १३ एक्सटेनसन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधा दिँदै आएको छ । आगामी दिनहरुमा अझ सुलभ तथा उत्कृष्ट सेवाका निमित्त डिजिटल पूर्वाधारहरु सुदृढ पार्दै जाने बैंकले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement