संगालोखबर सम्वाददाता

काठमाडौँ । नेकपा एमालेको माधवकुमार नेपाल पक्षले चैत ४ गते राष्ट्रिय भेला गर्ने भएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफूपक्षका नेताहरुको जिम्मेवारी खोसेपछि शनिबार काठमाडौंमा उपलब्ध सांसद र केन्द्रीय कमिटी सदस्यहरूको भेलाले राष्ट्रिय कार्यकर्ता भेला गर्ने निर्णय गरेको हो ।

Advertisement

सो भेलाबाट आगामी कार्यदिशाबारे निर्णय लिइने बताइएको छ । सो समूहको भेलाले विभिन्न प्रदेशमा पार्टी कामको संयोजन गर्न आफु निकटका नेताहरूलाई जिम्मेवारीसमेत दिएको छ । प्रदेश १ मा भीम आचार्य, प्रदेश २ मा घनश्याम भुसाल, वाग्मती प्रदेशमा अष्टलक्ष्मी शाक्य, गण्डकी प्रदेशमा सुरेन्द्र पाण्डे, लुम्बिनी र कर्णाली प्रदेशमा युवराज ज्ञवाली र सुदूरपश्चिम प्रदेशमा भीम रावललाई पार्टी कामको जिम्मेवारी दिइएको छ । त्यस्तै, रघु पन्तलाई युवा संगठन, गोकर्ण विष्टलाई विद्यार्थी, योगेश भट्टराईलाई प्रचार विभाग, अष्टलक्ष्मी शाक्यलाई महिला संगठन र प्रमेश हमाललाई बुद्धिजिवि संगठनका कामको जिम्मेवारी दिइएको छ ।

यसअघि वालुवाटारमा शुक्रबार बसेको केपी शर्मा ओलीपक्षीय केन्द्रीय कमिटी बैठकले नेता नेपाल पक्षका नेताहरूलाई जिम्मेवारीबाट हटाउँनुका साथै माओवादी केन्द्रबाट आएका २३ नेतालाई केन्द्रीय कमिटीमा मनोनीत गरेको थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!