संगालोखबर सम्बाददाता

विराटनगर । आज महाशिवरात्रि । आराध्यदेव भगवान् शिवको पूजा–आराधना गरी महाशिवरात्रि पर्व मनाइँदैछ । देशभरका शिवालयहरुमा बिहानैदेखि भगवान शिवको पूजा आराधना गर्नेको घुइँचो लागेको छ । शिवको पूजा आराधना गर्दा सुख शान्ति र परलोकमा सद्गति मिल्ने धार्मिक विश्वास छ ।

Advertisement

वैदिक सनातन हिन्दू धर्मावलम्बीले नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजा–आराधना गर्ने चलन छ । महाशिवरात्रिमा भक्तजनले शुद्ध भई शिव मन्दिरमा पूजा–अर्चना गरी व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउँने गर्छन् ।

महाशिवरात्रिका दिन उपवास गरी रातभर जाग्राम बस्दा सर्वसिद्धि लाभ भई यमलोक जानु नपर्ने विश्वास छ । भगवान् महादेवलाई जाडो हुने जनविश्वासका कारण प्रत्येक घर, चोक र मन्दिरमा दाउरा बालेर धुनी जगाई भजनकीर्तन गरेर सोही आगोमा प्रसाद बनाई ग्रहण गर्ने प्रचलन छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!