संगालोखबर सम्वाददाता

विराटनगर । विराटनगरस्थित नोबेल मेडिकल कलेजमा ‘नोबेल स्पोर्टस फियस्टा’ सुरु भएको छ । कलेजमा अध्ययनरत बिद्यार्थीहरुले स्पोर्टस फियस्टा अर्थात खेलकुद उत्सव सुरु गरेका हुन् ।

Advertisement

एक सातासम्म सञ्चालन हुँने फियस्टामा फुटबल, भलिबल, क्रिकेट, कवडी, ब्याडमिन्टन, म्याराथन, हाजिरीजवाफ लगायत प्रतियोगिता हुँनेछन् । नोबेलमा हरेक बर्ष विद्यार्थीहरुले एक सातासम्म बिभिन्न खेलकुद गतिविधि गरेर खेलकुद उत्सव मनाउँदै आएका छन् ।

उत्सव समापनका अवसरमा बिभिन्न साँस्कृतिक कार्यक्रमसमेत गर्ने गरिएको छ । नोबेलमा डीएम एमसीएच, एम्डी, एमएस, एमवीवीएस, वीडीएस, वीएस्सी नर्सिङ, स्टाफ नर्स, ल्याव टेक्निसियन, रेडियोग्राफी, डेन्टल हाईजिन, डिफार्म लगायत संकायमा करिव १६ सय बिद्यार्थी अध्ययनरत छन् ।

स्तरीय चिकित्सा शिक्षा अध्ययनका लागि नेपालका बिभिन्न जिल्लासहित छिमेकी मूलुकका विद्यार्थी पनि नोबेलमा आउँने गरेका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!