संगालोखबर सम्वाददाता

धनकुटा । प्रथम धनकुटा नगरपालिका उप–मेयर कप महिला भलिबल प्रतियोगितामा साँगुरीगढी र शहिदभूमि गाउँपालिकाले विजयी शुरुवात गरेका छन् । सोमबार भएको उद्घाटन खेलमा धनकुटा क्याम्पसलाई २५–२२, २५–२१ र २५–१९ को सोझो सेटमा पराजित गर्दै शहिदभूमि गाउँपालिकाले विजयी शुरुवात गरेको हो ।

Advertisement

दोश्रो खेलमा धनकुटा इन्स्टिच्यूट अफ हेल्थ साईन्सलाई २५–२०, २५–१८ र २५–२० को सोझो सेटमा पराजित गर्दै साँगुरीगढी बिजयी भएको हो । मंगलबारको खेल धनकुटा नगरपालिका र माथिल्लो गोकुण्डेश्वर माध्यमिक विद्यालय तथा डाँडा बजार र प्राविधिक शिक्षालय उत्तरपानीबिच हुने धनकुटा भलिबल संघका अध्यक्ष गौरव कार्कीले जानकारी दिए ।

धनकुटा नगरपालिकाको आर्थिक सहयोगमा जिल्ला भलिबल संघले अन्तर पालिका स्तरीय महिला भलिबल प्रतियोगिता आयोजना गरेको हो । धनकुटा नगरपालिकाका उपमेयर शकुन्तला वस्नेतले प्रतियोगिता उद्घाटन गरेकी छन् । दुई दिनसम्म सञ्चालन हुँने प्रतियोगितामा जिल्लाका सात वटै पालिकाका नौ वटा महिला भलिवल टिम सहभागि छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!