झापा । झापाको बिर्तामोडमा आजबाट जिल्ला स्तरीय खुल्ला व्याडमिटन प्रतियोगिता शुरु भएको छ । लायन्स क्लव अफ अनारमनीको आयोजनामा ‘स्वास्थ्यका लागि खेलकुद’ भन्ने नारासहित ‘झापा जिल्ला स्तरीय दोस्रो लायन्स खुल्ला व्याडमिटन प्रतियोगिता’ शुरु भएको हो ।

Advertisement

बिर्तामोड व्याडमिटन क्लबको हलमा शुरु भएको प्रतियोगिताको उद्घाटन लायन्सका एलसी आई एफ डिस्ट्रिक कोअडिनेटर लीला चिमरिया, जोन पर्सन शैलेन्द्र कुरुङ्वाङ्ग, रिजन चेयर पर्सन ओमकृष्ण विमली र एरिया चेयर पर्सन शत्यनारायण शर्माले संयुक्त रुपमा गरेका छन् ।

मंगलबारसम्म सञ्चालन हुने प्रतियोगिताको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका चिमरियाले लायन्स क्लब अनारमनीले आयोजना गरेको प्रतियोगिता जिल्ला स्तरीय भएपनि आगामी दिनमा लायन्सको क्यालेन्डरमा समावेस गर्दै प्रदेश स्तरीय हुँदै राष्ट्रिय स्तरमा प्रतियोगिता गराउन सकिने बताए । प्रतियोगितामा यस वर्ष खुल्लातर्फ ३२ र भेट्रानतर्फ २३ टिम सहभागी रहने लायन्स क्लव अफ अनारमनीका तृतीय उपाध्यक्ष तथा खेलकुद संयोजक दीपक पोखरेलले जानकारी दिए ।

प्रतियोगिताको उद्घाटन सत्रमा खुल्लातर्फ २४ र भेट्रानतर्फ २४ टिमले प्रतिष्पर्धा गरेका छन् । लायन्स क्लव अफ अनारमनीका अध्यक्ष डा. गौरीशंकर झाको अध्यक्षतामा भएको प्रतियोगिताको उद्घाटन सत्रको कार्यक्रमको सञ्चालन व्यवसायी रविन्द्र भट्टराईले गरेका छन् ।

प्रतियोगितामा खुल्ला तर्फका प्रथमले नगद २५ हजार, द्वितीयले २० हजार र तृतीय हुने टिमले आठ हजार रुपैयाँसहित ट्रफी र प्रमाणपत्र पाउने छन् । त्यस्तै भेट्रानतर्फ प्रथमले २० द्वितीयले १५ र तृतीय हुनेले ५ हजार रुपैयाँ नगद तथा ट्रफी र प्रमाणपत्र हात पार्नेछन् ।

प्रतियोगिता उद्घाटन सत्रमा कार्यक्रमका प्रमुख अतिथि चियरियासहित बिर्तामोड उद्योग वाणिज्य संघका निर्वतमान अध्यक्ष बलराम कार्की, लायन्सका रिजन चेयर पर्सन ओमकृण विमली, लायन्स क्लव अफ अनारमनीका सदस्य राम अवतार घिमिरे लगायतले आफ्नो भनाई राखेका थिए ।

कार्यक्रममा राष्ट्रिय उपभोक्ता मञ्च नेपालका झापा अध्यक्ष मदन गोपाल सुब्बा, बिर्तामोड उद्योग वाणिज्य संघका महासचिव भेषराज भण्डारी ‘प्रशान्त’ रोटरी क्लव अफ बिर्तामोडका अध्यक्ष निर्मल भट्टराई, जेसीज पूर्व अध्यक्ष समाजका पूर्व अध्यक्ष विनोद वस्नेत, निर्माण व्यवसायी केदार गिरी, बिर्तामोड व्याडमिटन क्लबका हल सञ्चालक रमेश प्रसाई लगायतको उपस्थिति थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!