संगालोखबर सम्वाददाता

काठमाडौं । केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड) को नेतृत्वमा रहेको पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी (नेकपा) राख्ने निर्वाचन आयोगको निर्णय सर्वोच्च अदालतले खारेज गरेको छ । न्यायाधीशहरु कुमार रेग्मी र बमकुमार श्रेष्ठको इजलासले आइतबार ऋषि कट्टेलको पक्षमा फैसला सुनाएको छ ।

Advertisement

निर्वाचन आयोगमा ऋषि कट्टेल अध्यक्ष रहेको नेपाल कम्युनिस्ट पार्टी दर्ता भइसकेको अवस्थामा २०७५ जेठ ३ मा तत्कालिन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकीकरण भएपछि उक्त पार्टीको नाम पनि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) राखी निर्वाचन आयोगमा पेश गरेका थिए । त्यसलाई निर्वाचन आयोगले मान्यता दिएको थियो ।

आफ्नो पार्टीको नामसँग मिल्दोजुल्दो नाम दिएर अर्को पार्टी दर्ता गर्न दिएको भन्दै कट्टेलले सर्वोच्च अदालतमा रिट दिएका थिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!