धनकुटा । धनकुटाकाे छ्थर जोरपाटी गाउँपालिकाले ६ वटै वडामा खेलकुद सामाग्री वितरण गरेकाे छ । गाउँपालिकाको वार्षिक विनियोजित बजेटबाट छ्थर जोरपाटी गाउँपालिका खेलकुद विकास समितिले खेलकुद सामाग्री वितरण गरेको हो ।
गाउँपालिकामा विशेष गरि खेलिने भलिबल र फुटबल खेललाई लक्षित गर्दै सबै वडामा खेल गतिबिधि बढाउन सहज होस् भनेर खेलकुद सामाग्री वितरण गरिएकाे गाउँपालिका अध्यक्ष शेर बहादुर लिम्बुले बताए ।
सबै वडामा ४० वटा भलिबल, ३६ थान भलिबल नेट र ४० थान फुटबल वितरण गरिएको खेलकुद विकास समितिका अध्यक्ष चन्द्र लिम्बुले जानकारी दिए । खेल सामाग्री वितरण गर्दा भलिबल कोर्ट र फुटवल ग्राउन्डलाई आधार बनाई वडाहरुमा भएको खेलमैदान अनुसार वितरण गरिएको छ ।