संगालोखबर सम्वाददाता

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव समूहले आधिकारिकता दिनका लागि निर्वाचन आयोगलाई दवाव दिने निर्णय गरेको छ । आधिकारिकताका लागि निर्वाचन आयोगमा निवेदन दिएको लामो समयसम्म निर्णय नगरिएको भन्दै उक्त समूहले आयोगलाई थप दवाव दिने निर्णय गरेको हो ।

Advertisement

विवादलाई निरुपण गर्न आयोगमा निवेदन दिएपनि सम्बोधन नभएकाले फेरि पत्राचारका साथै दवाव दिने निर्णय भएको हो । आफ्नै पक्षमा बहुमत केन्द्रीय सदस्य रहेको र सबै प्रक्रिया पुरा गरेकाले आयोगले आधिकारिकता दिन ढिला गर्न नहुने उक्त समूहको दाबी छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!