संगालोखबर सम्बाददाता

काठमाडौं । श्रीस्वस्थानी व्रतकथा आज सकिदैछ । पुस शुक्ल पूर्णीमादेखि सुरु भएको व्रतकथा एक महिनापछि आज विधिवतरुपमा समापन गर्ने गरिन्छ । हिन्दू धर्मावलम्बीले एक महिनासम्म श्रीस्वस्थानी व्रतकथा श्रद्धापूर्वक वाचन र श्रवण गर्ने गर्छन् ।

Advertisement

व्रत सकिने दिन श्रीस्वस्थानीको पूजा गरी चढाइने एक सय आठ रोटी, पान, कुड्का सुपारीलगायत सामग्रीमध्ये आठ रोटी, सुपारी र पानलगायत सामग्री आफ्ना श्रीमानलाई, श्रीमान् नभए छोरालाई, छोरा पनि नभए मीत छोरालाई दिने र मीत छोरा पनि नभए आफ्नो इच्छा पूरा होस् भनी खोलामा बगाइदिने र बाँकी व्रतालु स्वयंले खाने प्रचलन छ ।

ब्रतकथा समापन भएपछि श्रीस्वस्थानी परमेश्वरीको पुस्तकलाई वर्ष दिनसम्म विसर्जन गरिन्छ । सत्ययुगमा हिमालय पुत्री पार्वतीले महादेव स्वामी पाउन विष्णुको सल्लाहअनुसार निराहार रहेर स्वस्थानीको व्रत बस्दा मनोकांक्षा पुरा भएको विश्वास छ । सोही विश्वासका अधारमा स्वस्थानी व्रतकथा श्रवण गर्ने र पूजाआजा गर्ने चलन छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!