संगालोखबर सम्वाददाता

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड नेपाल पक्षले आफुनिकट सांसदहरुलाई उपत्यका नछोड्न निर्देशन दिएको छ । अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले आज सिंहदरवारमा बसेको संसदीय दलको बैठकमा सांसदहरुलाई यस्तो निर्देशन दिएका हुन् ।

Advertisement

सांसदहरुलाई अत्यावश्यक काम बाहेक उपत्यका नछाड्न भनिएको छ । जानै पर्ने भएपनि जानकारी गराएर मात्र जान निर्देशन दिइएको छ । त्यस्तै उपत्यका बाहिर भएका सांसदहरुलाई पनि बोलाइएको छ ।

बैठकले संविधान र संघीय लोकतान्त्रिक गणतन्त्र पक्षधरहरु एक भएर अघि बढ्नुपर्ने निष्कर्ष निकालेको नेताहरुले बताएका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!