संगालोखबर सम्वाददाता

विराटनगर । प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशमा उठेका कानुनी र वैधानिक प्रश्नहरुको निरुपण गर्न सरकार तयार रहेको बताएका छन् । शुक्रबार प्रजातन्त्र दिवसको अवसरमा मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा आयोजित विशेष समारोहलाई सम्वोधन गर्दै उनले यस्तो बताएका हुन् ।

Advertisement

उनले प्रदेश १ मा संघीयताको मुटुका रुपमा रहेको प्रदेश संरचनालाई अस्थिरता र अराजकतातर्फ डोर्याउने कार्य भईरहेको बताए । उनले प्रदेश संरचनालाई बलियो र प्रभावकारी बनाउने जिम्मेवारी सबैको भएकाले सबै सहयात्री दललाई गंभीर बनी गहिरो जिम्मेवारीका साथ भूमिका खेल्नु आग्रहसमेत गरे । मुख्यमन्त्री राईले आफुविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव विधिसम्मत नभएको दाबी गर्दै अविश्वासको प्रस्ताव फिर्ता लिन आग्रह पनि गरेका छन् ।

आज प्रजातन्त्र दिवसको अवसरमा प्रदेश सरकारले विराटनगरको ट्राफिक चौकबाट प्रभातफेरी निकालेको थियो । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय पुगेर प्रभातफेरी मूल समारोहमा परिणत भएको हो । मुख्यमन्त्रीको कार्यालय परिषरमा प्रदेश प्रमुख सोमथान अधिकारीले झण्डातोलन गरी प्रजातन्त्र दिवसको शुभकामना व्यक्त गरे ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!