काठमाडौँ ।  चिकित्सा क्षेत्रसंग आवद्ध विभिन्न दशवटा सस्थाले युनिभर्सल मेडिकलल कलेजको सम्बन्धन खारेज गर्न सरकारसंग माग गरेका छन् ।

योग्यताक्रम र लब्धाङ्क ९मेरिट०का आधारमा भर्ना गर्न विसं २०७४ असार २२ गते बसेको मन्त्रिपरिषद्को बैठकले दिएको निर्देशनलाई अवज्ञा गरी कलेजले भर्ना कार्य अगाडि बढाएको तथा विद्यार्थीलाई शीर्षक नखुलाई विभिन्न शीर्षकमा शुल्क लिने कागजमा समेत सही गराउने कार्य गरेकाले त्यसको सम्बन्धन खोरेज गर्न माग गरिएका हुन् ।

यसरी माग गर्ने सस्थामा डाक्टर्स सोसाइटी अफ नेपालका कावा अध्यक्ष डा कालुसिंह खत्री, सरकारी चिकित्सक सङ्घका डा दीपेन्द्र पाण्डे, राष्ट्रिय चिकित्सक सङ्घका अध्यक्ष डा सन्तोष पौडेल, रेजिडेन्ट एसोसिएसन अफ नेपालका अध्यक्ष डा विष्णु भण्डारी र नेसनल रेजिडेन्ट एसोसिएसनका अध्यक्ष डा कश्यप श्रेष्ठ हुनुहुन्छ ।

यसैगरी जुनियर रेजिडेन्ट्स वेलफेयर सोसाइटीका अध्यक्ष डा अजितकुमार झा, नेपाल मेडिकल स्ट्युडेन्ट सोसाइटीका अध्यक्ष डा प्रियका शाही, डाक्टर फर चेञ्जका अध्यक्ष डा विश्वबन्धु बगाले, सेभ मेडिकल फ्याटनिटीका डा समीर लामा र डा तेसिमा कार्की तथा सोलिडारिटी फर डा केसी अलायन्सका संयोजक डा अभिसेकराज सिंह हुनुहुन्छ ।

विज्ञप्तिमा मन्त्रिपरिषद्को निर्देशनलाई कलेजले पालना गर्नुपर्ने बताउँदै विज्ञप्तिमा भनिएको छ – यसको पालना नगरेमा कडा आन्दोलनमा उत्रिन बाध्य हुनेसमेत जनाइएको छ ।

त्रिवि चिकित्साशास्त्र अध्ययन सस्थानले चिकित्साशास्त्रतर्फको स्नातकोत्तर तहको प्रवेश परीक्षा सञ्चालन गरी सम्बन्धन लिएका निजी कलेजलाई योग्यताक्रम र लब्धाङ्कका आधारमा भर्ना लिन सिफारिस गरेको थियो ।

तर आफँैले सम्बन्धन दिएका केही निजी कलेजले त्रिविको निर्देशनलाई पालना नगरेको जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!