अस्ट्रेलिया र नेपालबीच दुई पक्षीय परामर्श संयन्त्र निर्माण सम्वन्धी सम्झौतामा हस्ताक्षर भएको छ।

अस्ट्रेलिया भ्रमणमा रहेका नेपालका पररास्ट्र सचिव शंकरदास बैरागी र अस्ट्रेलियाको पररास्ट्र मामिला तथा ब्यापार बिभागका डेपुटी सेक्रेटरी ग्यारी क्यांलानवीच राजधानी क्यानबेरामा सहमति पत्रमा हस्ताक्षर भएको हो।

Advertisement

सहमतिपत्रमा हस्ताक्षर कार्यक्रममा सचिव बैरागीसहित अस्ट्रेलियाका लागि नेपालका राजदूत लक्की शेर्पा तथा उपनियोग प्रमुख राजेन्द्र पाण्डेको समेत उपस्थिति थियो ।

सहमति लगत्तै परराष्ट्र सचिव शंकरदास बैरागीले अस्ट्रेलियाको यो सहमतिले दुई देशको बीचको आपसी सम्वन्धमा नौलो परिपाटीको सुरुवात भएको बताए ।

यसले दुई पक्षीय लगानी, ब्यापार तथा कुटनीतिक सम्बन्ध आगामी दिनमा छलफल अगाडि बढाउन निकै सजिलो बनाउने छ ’ सचिब बैरागीको कथन थियो ।

सहमतिपत्रमा हस्ताक्षर भएपछि राजदूत शेर्पाले भनिन् ‘यो सहमति नेपाल र अस्ट्रेलियाको कुटनीतिक सम्बन्धमा नयाँ आयाम थपिएको बताइन्। यसले दुई देशको सम्बन्धमा उचाई हासिल भएको छ।’

शनिबार सचिब शंकरदास बैरागीको सम्मानमा न्यु साउथवेल्सका माहाबाणिज्यदूत दीपक खड्काले अन्त्रक्रिया सहितको दिवाभोजको आयोजना गरेका छन्।

यो सहमतिको अस्ट्रेलियामा भएको नेपाली समुदायले स्वागत गरेका छन्। यसले दुई देश बिचको आपसी सम्वन्धलाई प्रगाढ पार्न मद्दत पुग्ने माहावाणिज्यदूत दीपक खड्काले बताए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!