संगालोखबर सम्वाददाता

धनकुटा । नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा तरुण विभाग प्रमुख शंकर भण्डारीले मुलुक ठूलो संकटमा फस्दै गएको बताएका छन् । धनकुटामा वुधवार आयोजित काँग्रेसको कार्यकर्ता भेलालाई संवोधन गर्दै नेता भण्डारीले यस्तो बताएका हुन् ।

Advertisement

प्रतिनिधिसभा पुर्नस्थापना भए पनि देश ठूलो संकटमा फस्ने र अब मुलुक सहज रुपमा अगाडि बढ्न निकै चुनौति सामना गर्नुपर्ने नेता भण्डारीको तर्क छ । पूर्व मन्त्रीसमेत रहेका भण्डारीले काँग्रेसभित्र पनि अव संकट आउन सक्ने संकेत गर्दै कांग्रेसीहरु अहिलेदेखि नै सचेत हुनुपर्ने आवश्यकता पनि औल्याए ।

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पूर्व राज्य मन्त्री आदिवासी जनजाती बिभाग प्रमुख सिता गुरुङ्गले महिलाहरुले अझै पनि सहभागिता र अधिकारका लागि आन्दोलन गर्नुपर्नेमा जोड दिइन् ।

भेलामा प्रदेश सभा सदस्य लिला सुब्बा, कांग्रेस धनकुटाका उपसभापति नविन किशोर शाक्य, कांग्रेस स्थानीय निकाय विभागका सदस्य विश्व प्रकाश श्रेष्ठ, कांग्रेसका जिल्ला सचिव विजय सन्तोषी राई, कोषाध्यक्ष दिनेश राई लगायतले कांग्रेसका लागि अव आन्दोलनको विकल्प नरहेकोमा जोड दिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!