संगालोखबर सम्वाददाता

विराटनगर । आज श्रीपञ्चमी अर्थात सरस्वती पूजा । विद्याकी देवी मानिने सरस्वतीको पुजा आराधना गरेर सरस्वती पुजा मनाइदैछ । आज वालवालिकाको अक्षराम्भ गर्ने प्रचलन पनि छ । आजै राष्ट्रिय पुस्तक दिवस पनि मनाउँने गरिन्छ ।

Advertisement

बिहान स्नानपश्चात् चोखो–नितो गरी सफा कपडा लगाएर कलश स्थापना गरी गणेश, विष्णु, शिव लगायत देवताहरुको अर्चनासहित सूर्यको अर्चना गर्दै सरस्वतीको उपासना गर्ने चलन छ । सिर्जनाका औजारहरु कलम, मसी अनि कागजको पनि पूजा गर्ने गरिन्छ ।

विद्यालयहरुमा भव्यतापूर्वक सरस्वती पुजा गर्ने गरिन्छ । रंगीन तोरणहरु झुण्ड्याएर, अशोकको रुखको पात या केराका दाम्चा अनि बाँस प्रयोग गरेर प्रवेश द्वार निर्माण गरी विद्यालयहरुलाई सजिसजाऊ गरी सरस्वती पुजा गर्ने चलन छ ।

सरस्वती मन्दिरहरुमा पनि पुजा गर्नेको भीड लाग्ने गरेको छ । आजबाट वसन्त ऋतु सुरु हुन्छ । हिउँदको जाडो घट्दै क्रमशः न्यानोपन सुरु हुन्छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!