म्याग्दी । म्याग्दी स्वास्थ्य संस्थाहरु खुल्नेक्रम बढ्दो क्रममा रहेपनि विरामी पर्दा परम्परागत ढंगले धामीझाँक्रीबाट झारफुक गरि उपचार गर्ने प्रचलन कायमै छ ।

अदृष्य शक्तिमा आस्था राख्नेहरुले गाउँमा मात्रै होईन शहर बजारमा समेत धामी झाँक्रिबाट झारफुक गराउँछन् । तर विरामी पर्दा झारफुक गर्ने धामी झाँक्रिबाट महिला असुरक्षित हुने गरेको एउटा घटना सार्वजनिक भएको छ ।

Advertisement

आफ्नो बालबच्चा र स्वयम आफुहरु समेत विरामी हुँदा झारफुक गर्न जाने महिलाहरुमाथि धामि झाँक्रीहरुले शारिरीक हिँसा गर्ने गरेको घटना सार्वजनिक भएको हो । यस्तै घटनामा संलग्न एक जना धामी कर्णबहादुर किसानलाई प्रहरीले पक्राउ गरेकोे छ ।

झारफुक गर्न आउने महिलाहरुलाई यौन शोषण गरेको उजुरीको आधारमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायव उपरिक्षक बसुन्धरा खड्काले बताए ।

स्थायी घर  बागलुङ नगरपालिका ६ भएको कर्णबहादुर किसान  २०५४ सालबाट उक्त धामी पेशा गर्दै आएको अनुसंन्धानबाट खुलेको छ । उसले महिलाहरु माथि विभिन्न कसमहरु खुवाएर उपचारको नाममा म्याग्दीका दुई जना महिला माथि यौन शोषण गरेको भनी जिल्ला प्रहरी कार्यालयमा उजुरी परेको छ ।

“ एक महिलाले आफु माथि धामीले शोषण गरेको घटना लिएर आएपछि अर्को महिलाले पनि आफु पनि उक्त धामीमार्फत शोषणमा परेको भनी उजुरी दिएपछि उसलाई प्रक्राउ गरि अनुसंधान गरिरहेको पनाउ खड्काले बताए ।

५८ बर्षिय धामी कर्णबहादुर किसानले गल्ती स्विकार गरिसकेका प्रहरीले जनाएको छ । उनीमाथि आवश्यक प्रक्रियासहित मुद्धाअघि बढाएको प्रनाउ खड्काले जानकारी दिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!