संगालोखबर सम्बाददाता

विराटनगर । नेपाली काँग्रेसका नेता तथा पूर्व अर्थमन्त्री महेश आचार्यले जनमतले मात्रै संविधानको रक्षा हुनसक्ने बताएका छन् । पार्टीको पूर्वनिर्धारित कार्यक्रम अनुसार सोमबार विराटनगरमा आयोजित विरोधसभालाई सम्बोधन गर्दै नेता आचार्यले यस्तो बताएका हुन् ।

Advertisement

उनले संविधानको व्याख्याताको रुपमा रहेको सर्वोच्चले पनि जनताको पक्षमा नै न्यायपूर्ण निर्णय गर्ने र प्रतिनिधिसभा पुर्नस्थापना हुनेमा काँग्रेस विश्वस्त रहेको जिकिर गरे । ‘एउटा मुद्दा सर्वोच्चमा र अर्को मुद्दा जनताको अदालतमा चलिरहेको छ, उनले भने, ‘प्रधानमन्त्री केपी शर्मा ओलीले जसरी लोकतन्त्र र जनताको विश्वासमाथि प्रहार गर्नुभएको छ, यो अपराधको भार उहाँले बोक्नैपर्छ । यसको फैसला जनताको अदालतमा हुन्छ ।’

प्रतिनिधिसभा विघटन मात्रै नभई ३ वर्षअघि पनि प्रधानमन्त्री ओलीले मानवअधिकार सम्बन्धि कानून निमार्ण गर्दा संविधानलाई बेवास्ता गरेको आरोप पनि नेता आचार्यले लगाए । संविधानले संवैधानिक हैसियतमा राखेको मानवअधिकारको सिफारिसलाई प्रधानमन्त्री ओलीले आफ्नो सल्लाहकारको कार्यालयको छानबिनको बिषय बनाएर संविधानसँग खेलवाड गरेको उनको आरोप छ । आज ३ बर्षपछि प्रधानमन्त्री ओलीले पुनः सोही ईतिहासलाई गम्भीर रुपमा दोहोर्याएको उनले बताए ।

त्यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली काँग्रेसका केन्द्रिय सदस्य अमृत अर्यालले प्रतिगमनविरुद्ध काँग्रेस एक्लैले निर्णय गरि अघि बढ्नुपर्नेमा जोड दिए । प्रतिनिधिसभा विघटनविरुद्ध पहिलो चरणमा देशका १ सय ६५ वटा प्रदेशसभा निर्वाचन क्षेत्र, दोश्रो चरणमा ३ सय ३० वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र, तेश्रो चरणमा पालिकास्तरीय र चौथो चरणमा वडास्तरीय विरोध प्रर्दशन तथा जनतालाई सु–सुचित गराउने अभियान चलाइएको काँग्रेसले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!