विराटनगर । सञ्चारकर्मीलाई सोमबारदेखि कोरोनाविरुद्धको खोप लगाइने भएको छ । काठमाडौंको नयाँ बानेश्वरस्थित निजामती कर्मचारी अस्पतालमा भोलिदेखि ५ दिनका लागि खोप लगाउने व्यवस्था मिलाइएको हो ।
अग्रपंक्रिमा रहेर काम गर्ने सञ्चारकर्मीहरुका लागि खोप अभियान सुरु गर्ने निर्णय भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
आइतबार काठमाडौंमा आयोजित ‘आमसञ्चार र श्रमजीवि पत्रकारः नीति, कार्यक्रम र बजेट’ विषयक छलफल कार्यक्रममा बोल्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले अग्रभागमा रहेर काम गरिरहेका नेपाल पत्रकार महासंघमा आवद्ध १३ हजार भन्दाबढी पत्रकारहरुलाई खोप लगाउने व्यवस्था गरिएको बताएका छन् ।